ललितपुर महानगरले गर्यो १० सहकारी खारेज
काठमाडाैं | फागुन १४, २०७९
काठमाडौं: ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ ।
महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो ।
महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ ।
महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’
हेर्नुहोस् खारेजीको सूचीः

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

